arrow

बन्दीपुरमा कुटपिटबाट एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
tanahun-bandipur.jpg

तनहुँ । तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका वडा नं ५ बाहुनभञ्ज्याङका ५८ वर्षीय खुशीमान गुरुङ छन् ।

सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले मादक पदार्थ सेवन गरेर खुशीमानलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए ।

सो क्रममा गम्भीर घाइते भएका खुशीमानको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । 

बाहुनभञ्ज्याङमा भएको कुटपिट घटनामा एक व्यक्तिको मृत्यु भएको छ । 

कुटपिटमा संलग्न खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ