हङकङ सिक्सेसमा नेपालको खराब शुरूआत, रशिदको ह्याट्रिकसहित ४ विकेट खेर
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
824
Shares
काठमाडौँ । हङकङको मोङककमा शुरू भएको हङकङ सिक्सेसमा नेपालले खराब शुरूआत गरेको छ ।
पहिलो खेलमा शुक्रबार बिहान नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनायो ।
मरिम जनतले १० बलमा ३५ तथा फरमुल्लाहले ९ बलमा अविजित रहँदै ३० रन बनाए । नेपालका लागि रशिद खान एक्लैले ४ विकेट लिए । जसमा ह्याट्रिकसमेत सामेल थियो ।
जवाफमा नेपालले ६ ओभरमा २ विकेटको क्षतिमा ९५ रनमात्र बनाउन सक्यो । कप्तान सन्दीप जोराले रिटायर्ड हर्ट हुनुपूर्व १४ बलमा ५३ रन बनाए । जसमा ८ छक्का सामेल थियो ।
समूह एमा नेपाल र अफगानिस्तानसँगै दक्षिण अफ्रिका रहेका छन् ।