काठमाडौँ। एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आम सर्वसाधारण लगानीकर्ताहरूले आज (आइतबार) सम्म मात्र आवेदन दिन पाउने भएका छन्।
कम्पनीले गत कात्तिक १९ गतेदेखि कुल जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशनको अनुमति पाएको थियो।
यसमध्ये, कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि छुट्याइएको शेयर पहिलो चरणमा निष्कासन गरी बाँडफाँट गरिसकेको छ। हाल जारी आईपीओमा कम्पनीले आफ्ना कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरूका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू वा मेरो शेयर मार्फत दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। इक्रा नेपालले कम्पनीलाई 'इक्राएनपी डबल बी' रेटिङ्ग दिएको छ, जसले मध्यम जोखिमको सङ्केत गर्दछ।