arrow

ट्रकको ठक्करबाट पौडेलको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
accident-final.jpg

तनहुँ । तनहुँमा आइतबार साँझ ट्रकको ठक्करबाट पैदलयात्री एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी वडा नं ५ बेलचौताराकी ३७ बर्षीया देवी पौडेल छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी पौडेललाई तत्कालै उद्धार गरी उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र लगिएको थियो ।

अस्पतालमा पुर्याउने बित्तिकै चिकित्सकले पौडललाई मृत घोषणा गरेका थिए ।

जिल्लन प्रहरी कार्यालय तनहुँका अनुुसार दुलेगौंडाबाट खैरेनीटारतर्फ जाँदै गरेको ग१क १८४५ नम्बरको मिनी ट्रकले पौडेललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा पश्चात् ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ