arrow

डुम्रे भन्सार नयाँ सहर आयोजनाद्वारा २० किमि सडक कालोपत्रे सम्पन्न

जग्गा एकीकरणको प्रक्रिया अघि बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
dumre-beshisahar-sadak-rss.jpg

तनहुँ। आन्तरिक बसाइसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि दश नयाँ सहर स्थापना गर्ने सरकारी नीतिअन्तर्गत तनहुँमा विसं २०७२/७३ बाट सुरु भएको नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले हालसम्म २० दशमलब ३ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेको छ।

कार्यालय प्रमुख शान्ति शर्माका अनुसार आयोजना स्थापनादेखि हालसम्म ३४ दशमलब ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलब ७४ किलोमिटर ढलान र ४६ दशमलब ०२ किलोमिटर नाला निर्माण भएको छ। यो आयोजनाले विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्ने लक्ष्य लिएको छ र यसले साविकको भानु तथा बन्दीपुर गाविसका केही वडाहरूलाई समेटेको छ।

गत आर्थिक वर्षमा १ दशमलब ५ किलोमिटर ढलान र १ दशमलब ४ किलोमिटर नाला निर्माण गरिएको थियो, तर सडक ग्राभेल र कालोपत्रको काम भने उक्त आर्थिक वर्षमा नभएको कार्यालयले जनाएको छ। यद्यपि, आर्थिक वर्ष २०८०/८१ मा १ दशमलब ६ किलोमिटर कालोपत्र, ० दशमलब ७८ किलोमिटर ग्राभेल, १ दशमलब २४ किलोमिटर ढलान र ३ दशमलब ६२ किलोमिटर नाला निर्माण भएको जनाइएको छ।

पूर्वाधारतर्फ आयोजनाले गत आर्थिक वर्षमा एक सरकारी कार्यालय भवन, तीन सामुदायिक भवन, एक खेलमैदान, दुई मनोरञ्जन पार्क र एक खानेपानी योजना सम्पन्न गर्नुका साथै चार सय ३४ सौर्य बत्ती जडान गरेको छ।

गत आर्थिक वर्षमा आयोजनालाई चालुतर्फ विनियोजित रु एक करोड पाँच लाखमध्ये रु ७५ लाख खर्च भएको थियो भने पुँजीगततर्फ विनियोजित रु ११ करोड ७७ लाखमध्ये रु चार करोड ७४ लाख खर्च भएको थियो।

यसैबीच, कार्यालयले डुम्रे भन्सार क्षेत्रमा छ सय ४३ रोपनी जग्गा पहिचान गरी जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरु गरेको छ। विसं २०७४ पुस १० गते नेपाल राजपत्रमा सूचना प्रकाशित भएकोमा विसं २०७७ पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको र बाटोको किल्ला तोक्ने कार्य सकिएको कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ