एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई पर्वतमा रहेको द क्लिफ नेपालमा १० प्रतिशत छुट
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
697
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा द क्लिफ नेपाल र बैङ्कबिच सम्झौता सम्पन्न भएको छ। यस सम्झौता पश्चात् यस बैङ्कका ग्राहकहरूले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरू लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।
यस बैङ्कका ग्राहकहरूले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरूमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सकिने छ।
उक्त सुविधा उपयोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एप मार्फत भुक्तानी गर्नुपर्ने छ। द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।