समितिमा जेन-जी आन्दोलनपछिको खर्च व्यवस्थापनमा छलफल हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
795
Shares
काठमाडौं। सङ्घीय संसदका दुईवटा महत्त्वपूर्ण संसदीय समितिको बैठक आज बस्दैछ।
आज बिहान १० बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठकमा विशेषगरी जेन-जी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिपछिको सार्वजनिक खर्च व्यवस्थापनका विषयमा छलफल हुने कार्यसूची रहेको छ। समितिको छलफलका एजेन्डाहरूमा खर्च कटौतीका आधार एवं मापदण्ड, राजश्व चुहावट नियन्त्रण, वित्तीय सङ्घीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन सरकारले गरेका पहलहरू समावेश छन्।
त्यस्तै, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति को बैठक बिहान ११ बजे बस्दैछ। यो बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।