arrow

मतदान गर्न राष्ट्रिय परिचय पत्र भए पुग्ने [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
ec-genZ-82-7-27 (2).jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचय पत्रको आधारमा पनि मतदान गर्न पाइने भएको छ । यस सम्बन्धी व्यवस्थाको शुभारम्भ बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन् । 

भण्डारीले अनलाइन मतदाता नामावली संकलन गर्नेहरुको नेशनल आइडी कार्डबाट बायोमेट्रिक लिएर नामावली संकलनका लागि थप सहज बनाइने बताए । 

जेन–जी प्रतिनिधिहरुसँगको छलफलका क्रममा उनले मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो निर्णय गरेको जानकारी दिए । उनले अहिले धेरै नागरिकहरुले राष्ट्रिय परिचयपत्र बनाइसकेकाले थप सहज हुने विश्वास लिएको बताए । 

राष्ट्रिय परिचय पत्र बनाएकाको अब अनलाइनबाट मतदाता नामावली संकलन गर्नेहरुको बायोमेट्रिक त्यही कार्डबाटै कार्डबाटै लिइनेछ । 

यसले जेन–जीका मागहरु सम्बोधन गर्ने आयोगको विश्वास रहेको भण्डारीले बताए । अध्ययन वा कामका लागि विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइन फारम भर्नसक्ने बताए । 

उनले एक महिनासम्म मतदाता नामावलीमा नाम दर्ता गर्न कसैले चासो नदेखाएको भए पनि पछिल्लो समय धेरै चाप रहेको बताए । 

ec-genZ-82-7-27 (9).jpeg
ec-genZ-82-7-27 (1).jpeg
ec-genZ-82-7-27 (2).jpeg
ec-genZ-82-7-27 (3).jpeg
ec-genZ-82-7-27 (4).jpeg
ec-genZ-82-7-27 (5).jpeg
ec-genZ-82-7-27 (6).jpeg
ec-genZ-82-7-27 (7).jpeg
ec-genZ-82-7-27 (8).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ