एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई होटेल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
541
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूले होटेल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा होटेल र बैङ्कबिच सम्झौता सम्पन्न भएको छ। यस सम्झौता पश्चात् यस बैङ्कका ग्राहकहरूले रवि भवन, काठमाडौँमा रहेको उक्त होटेलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छन्।
यस बैङ्कका ग्राहकहरूले उक्त होटेलमा आवास, खाना तथा पेय पदार्थ, स्पा लगायतका सेवाहरूमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सकिने छ।
उक्त सुविधा उपयोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एप मार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त होटेलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।