arrow

विष्फोटक उपकरण विस्फोट हुँदा गयो तीन बालबालिकाको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
flag-afganistan.jpg

काठमाडौँ । पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्पोटक उपकरण विस्फोट हुँदा तीन जना बालबालिकाको ज्यान गएको प्रान्तीय प्रहरी प्रवक्ता सेदिकुल्लाह सेडिकीले बताएका छन् ।

उक्त बस्तुलाई केटाकेटीहरूले खेलौना जस्तो ठानेर त्यससँग खेल्न थाल्दा दुभाग्यपूर्ण रुपमा उक्त उपकरण अचानक विस्फोट हुँदा घटनास्थलमै बालबालीकाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

बदघिस प्रान्तमा गत हप्ता भएको यस्तै विस्पोटको घटना हुँदा दुई जना बालबालिकाको ज्यान गएको थियो ।

युद्धग्रस्त अफगानिस्तानमा द्धन्द्ध प्रभावित देश हो जहाँ विगत चार दशक भन्दा लामो युद्धबाट बाँकी रहेका बिभिन्न उपकरणहरू विस्पोट भएका कारण निर्दोश नागरिकका साथै बच्चाहरूले ज्यान गुमाउने गरेको जनाइएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ