arrow

सबै समस्या समाधान गर्न सरकारमा काँग्रेसको नेतृत्व आवश्यक : देउवा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1099689968.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान जारी भएसँगै सङ्घीय राज्यको सीमा निर्धारणलगायतका समस्या समाधान गर्न सरकारमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्रीका उम्मेदवार कोइरालाको प्रस्तावक रहनुभएका देउवाले व्यवस्थापिका संसद्को आजको बैठकमा काँग्रेसको उम्मेदवारी प्रजातन्त्रको सुन्दर अभ्यास भएकाले मुलुक बलियो बनाउने र राष्ट्रिय एकता कायम गर्न सहयोग पुयाउने बताउनुभयो । 
 
संविधानको सफल कार्यान्वयन गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको औल्याउँदै उहाँले प्रधानमन्त्रीको उम्मेदवारीले दलहरुबीचको एकता टुटेर बाधा उत्पन्न हुने कि भनेर कसैले आशङ्का गर्न नपर्ने धारणा राख्नुभयो । वरिष्ठ नेता देउवाले भन्नुभयो ‘‘राष्ट्रिय सहमति कायम गर्न सभापति कोइरालाको उम्मेदवारीले कुनै बाधा गर्दैन, बरु सहयोग पुयाउँछ । हामी त्यसका लागि प्रतिबद्ध छौँ, रहनेछौँ ।’’ 
 
प्रधानमन्त्रीका उम्मेदवार कोइरालाको समर्थक रहनुभएका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रिय स्वाभिमान र हितलाई केन्द्रमा राखेर अगाडि बढाउने सन्र्दभमा अहिले प्रधानमन्त्रीका लागि हुन लागेको निर्वाचनले सफलता प्राप्त गर्ने बताउनुभयो । उहाँले सत्ताको भागबण्डालाई सहमतिको बल्छीमा हाल्ने काम ठीक नभएको उल्लेख गर्दै अत्तालिएर होइन मिलेर मुलुक बनाउन एकाकार हुनुपर्नेमा जोड दिनुभयो । उपसभापति पौडेलले भन्नुभयो ‘‘लोकतन्त्रलाई सहमतिसँग जोडने कार्यप्रति मेरा आपत्ति छ । सत्ताको लागि भाग शान्तिप्रति असहमति प्रकट गर्दै आएको छु ।’’ 
 
संविधानको सहज कार्यान्वय गर्ने विषयमा देखिएका चुनौतीलाई पूरा गर्न बाँकी रहेकाले पार्टी सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदमा उम्मेदवारी दिइएको उल्लेख गर्नुभयो । हाम्रा राष्ट्रिय नायकहरु भीमसेन थापा र अमरसिंह थापाले कूटनीतिक चार्तुयबाट अङ्ग्रेजबाट नेपाललाई जोगाउन सफल भएको इतिहासलाई हेक्का राख्न सुझाव दिँदै उहाँले बाँके बदिया, बैलाली र कञ्चनपुरलाई नेपालमा मिलाउने जङ्गबहादुर राष्ट्रिय नायक हुन् कि होइनन त्यसको मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । 
मुलुकमा आज परेको समस्यालाई समाधान गर्न कूटनीतिक चार्तुयको आवश्यक रहेको भन्दै उपसभापति पौडेलले निर्वाचनमा हार वा जीत जे भए पनि राष्ट्रका सवालहरुमा एकजुट भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 
 
प्रमुख दल सरकारमा सहभागी हुँदासमेत भूकम्पपछिको पुनः निर्माण गर्ने र जनतालाई राहत दिने कार्यमा समस्या खडा भएको भन्दै उहाँले कसले समस्याको हल गर्न दिएन, त्यो स्पष्ट भएको उल्लेख गर्नुभयो । यस्तै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भागबण्डाको राजनीतिका लागि नभई देश र जनताको हितका खातिर आफूहरुले नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग गर्ने बताउनुभयो । 
 
त्यस्तै थरुहट तराई पार्टीका सांसद गोपाल दहितले आफूहरुले उठाउँदै आएको मागहरुको सुनुवाइ दुवै उम्मेदवारले सम्बोधन गर्ने प्रतिबद्धता नजाएका कारण मतदान प्रक्रियामा सहभागी नहुने उल्लेख गर्नुभयो । त्यसलगत्तै प्रधानमन्त्रीका दुवै उम्मेदवार केपी शर्मा ओली र सुशील कोइरालालाई सभामुख सुवास नेम्वाङले उम्मेदवारी फिर्ता लिन चाहने हो कि होइन प्रश्न गर्नुभएको थियो । ती दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिन नचाहेको बारे बैठकलाई जानकारी गराउनुभएको थियो । त्यसपछि मतदान प्रक्रिया अगाडि बढेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ