arrow

एकताबद्ध भएर धैर्यता राख्न पूर्णबहादुर खड्काको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३० आइतबार
purna-bd-khadkas.jpg

काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको वर्तमान मर्मलाई बुझी दिइ धैर्यता राख्न आग्रह गरेका छन्।

उनले शनिबार समाजिक सञ्जालमार्फत आफूप्रतिका टिप्पणीहरूलाई सदा सम्मान गरिरहने र त्यस्ता  टिप्पणी नै आफ्ना लागि शक्ति र मार्गदर्शन हुने उल्लेख गरेका छन् । 

उनले भने, “इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा, पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ ।”

कावा सभापति खड्काले पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, विगतका गल्ती-कमजोरी स्वीकारी जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ