एनआईसी एशियाका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी जानकारी अनलाइन पोर्टलमार्फत उपलब्ध
एजेन्सी,
प्रकाशित २०८२ मंसिर २ मंगलबार
559
Shares
फाइल तस्बिर
काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेडले बैङ्कको नाममा रहेका बैङ्किङ सम्पत्ति, गैर–बैङ्किङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी एकै स्थानमा सहज रूपमा उपलब्ध गराउन विशेष अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
यस पोर्टलमार्फत ग्राहकहरूले लिलाममा राखिएका सम्पत्तिसम्बन्धी सम्पूर्ण विवरण, नक्सा, कागजात र स्थान पहिचानसम्बन्धी जानकारी एकै ठाउँमा प्राप्त गर्न सक्ने बैङ्कले जानकारी दिएको छ। क्युआर कोड स्क्यान गरेपछि सम्पूर्ण विवरण एक क्लिकमै उपलब्ध।
यस सुविधाले लिलाम प्रक्रियालाई झनै सहज, पारदर्शी र आधुनिक बनाएको बैङ्कले बताएको छ।
थप जानकारीका लागि म्यासेज पठाउने सुविधा
यदि ग्राहकले कुनै सम्पत्ति खरिद गर्ने उद्देश्यले अझ थप जानकारी आवश्यक परेमा पोर्टलमै उपलब्ध म्यासेज बक्समा आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी प्रश्न पठाउन सक्ने व्यवस्था मिलाइएको छ।
त्यसका आधारमा बैङ्कले सम्बन्धित जानकारी ग्राहकलाई प्रत्यक्ष रूपमा उपलब्ध गराउनेछ।
बैङ्किङ तथा गैर–बैङ्किङ सम्पत्ति नियमित रूपमा अपडेट
एनआईसी एशिया बैङ्कले सञ्चालनमा ल्याएको यो डिजिटल पोर्टलमा —
बैङ्किङ सम्पत्ति,
गैर–बैङ्किङ सम्पत्ति,
तथा धितो सुरक्षणमा रही लिलाम प्रक्रियामा रहेका सम्पत्तिहरू,
नियमित रूपमा अद्यावधिक गरिनेछ।
यसले लिलाममा रुचि राखने खरीदारलाई आवश्यक सम्पूर्ण जानकारी पारदर्शी रूपमा उपलब्ध गराई सहज निर्णय लिन मद्दत गर्ने बैङ्कको विश्वास छ। पोर्टलमार्फत सम्पूर्ण विवरण हेर्न सकिने।