arrow

भक्तपुरमा थपिए १३ हजार बढी मतदाता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
bhaktapur_district_map.png

भक्तपुर। जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा यस पटक १३ हजार ५७६ नयाँ मतदाता थपिएका छन्। यससँगै भक्तपुरमा कुल मतदाताको सङ्ख्या दुई लाख नाघेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक ७०० देखि एक हजार १०० जनासम्मले नाम दर्ता गराइरहेको कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए।

मतदाता नामावली सङ्कलन हरेक दिन बिहान ८ बजेदेखि सुरु भई साँझ ६ बजेसम्म जारी रहेको छ। सेवाग्राही बिहान ६ बजेदेखिनै लाइन बस्न आउने गरेको बिसीले बताए। आयोगले मतदाता नामावली सङ्कलन यही महिनाको ५ गतेसम्मलाई कायम गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ