काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
880
Shares
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमाडौँ गोर्खाज आज दोस्रो जितको खोजीमा रहनेछ भने सुदूरपश्चिम रोयल्स सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ।
काठमाडौँको नेतृत्व करण केसीले गर्दैछन्। उनी नेतृत्वको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, जोन सिम्पसन र सन्नी पटेलजस्ता खेलाडीहरू समावेश छन्। काठमाडौँको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाइ रहेका छन्।
साविक उपविजेता सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरीले गर्दैछन्। उनको टोलीमा विनोद भण्डारी, अविनाश बोहरा, जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन, आरिफ शेख, हर्मित सिंह र हिम्मत महरा जस्ता प्रमुख खेलाडीहरू छन्। सुदूरपश्चिमको प्रशिक्षकमा जगत टमाटा रहेका छन्।