एनआईसी एशिया बैङ्कद्वारा ‘शून्य प्रिमियम’ सुविधासहित प्रतिस्पर्धी ब्याजदरमा ‘एनआईसी एशिया शेयर ऋण’ योजना सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
642
Shares
काठमाडौँ। ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौँ ग्राहकहरू माझ गतिशील, सबल, उत्तरदायी एवम् विश्वसनीय बैङ्किङ अभ्यासद्वारा ग्राहक केन्द्रित आकर्षक कर्जा योजनाहरू प्रदान गर्ने क्रममा यस एनआईसी एशिया बैङ्कले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा 'एनआईसी एशिया शेयर ऋण' को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ। ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैङ्कले ग्राहकहरू माझ अर्थतन्त्रको एक मुख्य पिलरको रूपमा रहेको शेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो।
यस योजना अन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम रु. २५ करोड र संस्थागत लगानीकर्ताको लागि अधिकतम रु. ५० करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैङ्कले गरेको छ।
प्रतिस्पर्धी ब्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको अनुपम सुविधाले भरिपूर्ण बैङ्कको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रूपमा कर्जा प्रदान गर्ने रणनीतिका साथै ग्राहकहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एक द्वार प्रणालीको व्यवस्था अनुरूप बैङ्कले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको छ।