arrow

धार्मिक पर्यटनको केन्द्र बन्यो ‘सिद्धकाली’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
siddhakali-temple-bhojpur.jpg

भोजपुर । भोजपुरको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः विकास भइरहेको छ ।

श्रीस्वस्थानी व्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।

यहाँ देशविदेशबाट भक्तजन आउने गरेका छन् । 

सिद्धकालीको दर्शन गरेमा रोगब्याध हट्ने, सुखशान्तिका साथै समुन्नति हुने धार्मिक विश्वास छ । स्था

नीय पण्डित कमल दाहालका अनुसार देशका विभिन्न भागबाट यहाँ भाकल गर्न भक्तजन आउने गरेका छन् । 

यहाँ आश्विन र चैत्र शुक्लपक्षका साथै एकादशी, रामनवमी, बालाचतुर्दशी, शिवरात्रि र श्रावणमा विशेष पूजा हुने गरेको छ ।

शक्तिपीठ परिसरमा महादेव, गणेश, शनिदेव, राधाकृष्ण, हनुमान् मन्दिर छन् भने आसपासका क्षेत्रमा सिद्ध एवं नारायण गुफा छन् । यी स्थानको दर्शन गर्न टाढाटाढाबाट भक्तजन आउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ