arrow

प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल उपविजेता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
blind-cricket-team-women.jpg

काठमाडौँ । प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल उपविजेता बनेको छ । 

श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको हो । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर एक सय १४ रन बनाउँदै भारतलाई जीतका लागि एक सय १५ रनको लक्ष्य दिएको थियो ।

नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाइन् । बिमला राईले २६ रन बनाइन् ।

जीतका लागि एक सय १५ रनको लक्ष्य भारतले १२.१ ओभरमै पूरा गर्यो ।

भारतका लागि फुला सरेनले अविजित ४४ रन बनाइन् भने करुना कुमारीले ४२ रन बनाइन् ।

नेपालले सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ