arrow

मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा

सुमन अर्याल नयाँ मुख्यसचिवमा नियुक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
eknarayan.jpg

काठमाडौँ। नेपालको निजामती सेवाको सर्वोच्च ओहोदामा रहेका मुख्यसचिव एकनारायण अर्याल आज देखि अनिवार्य अवकाशमा जाँदै छन्। उनले अवकाश पाएलगत्तै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ।

विसं २०८१ भदौ १३ गते मुख्यसचिव पदमा नियुक्त भएका अर्यालले आफ्नो कार्यकालमा देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनको कार्यकालमा नीतिगत एवं कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको ढिलासुस्ती हट्न गई सहजीकरण भएको जनाएको छ।

मुख्यसचिव अर्यालले जेनजी आन्दोलनको व्यवस्थापन र विभिन्न पक्षसँगको वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरेको स्पष्ट पारे। यस्तै, उनको कार्यकालमा अनुपयुक्त कार्यविधि र मापदण्डहरूको खारेजी हुनुका साथै सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि प्राधिकरण गठन गरिएको छ। एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्याङ्कको प्रयोगलाई विशेष प्राथमिकतामा राखिएको थियो। 

साथै, ‘ग्रेलिष्ट’बाट बाहिरिन सुधारात्मक क्रियाकलापको कार्ययोजना निर्माण र कार्यान्वयनका लागि आवश्यक पहल गरिएको छ, जससँगै सरकारले पहिलो पटक सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ।

सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय प्रणालीको उपयोग, अन्तरआवद्धता र रुपान्तरणमा जोड दिइएको छ। उनको कार्यकालमा सबै सेवाको सुरु बिन्दु राष्ट्रिय परिचयपत्रलाई बनाउनेगरी राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा सेवाको प्राप्ति र उपयोग गर्न सक्नेगरी प्रणालीमा सुधारको काम भएको छ। यसबाहेक, अन्तरराष्ट्रिय सहभागिता सहितको सगरमाथा संवादको सहजीकरण र नीति प्रयोगशाला अवधारणाको विकास र कार्यान्वयनमा विशेष जोड दिइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ