arrow

दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल उपविजेता, प्रधानमन्त्रीको बधाई [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
women-national-blind-criekt-nepal-wc-runnerup (1).jpg

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भएको टोलीलाई बालुवाटारमा बोलाएर बधाई दिएकी छिन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उनले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिइकी हुन् । 

नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भन्दै उनले नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीलाई अझै उत्तरोत्तर प्रगतिको कामना पनि गरिन् । 

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलंकामा भएको प्रतियोगितामा उपविजेता भएको हो । उनीहरुले साधनस्रोतले सम्पन्न मुलुकका टोलीलाई पनि जितेर दोस्रो हुन सकेको र सरकारको साथ पाए च्याम्पियनसमेत बन्नसक्ने बताए । 

टोली सोमबार काठमाडौँ फर्केको थियो । 

प्रथम दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल उपविजेता बनेको हो । श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा आइतबार (मंसिर ७ गते) भएको फाइनल खेलमा भारतसँग पराजित हुँदै नेपाल उपविजेता भएको हो । 

नेपाल भारतसँग ७ विकेटले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर एक सय १४ रन बनायो । 

नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाइन् । बिमला राईले २६ रन बनाइन् ।

एक सय १५ रनको लक्ष्य भारतले १२.१ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो ।

भारतका लागि फुला सरेनले अविजित रहँदै ४४ रन बनाइन् भने करुना कुमारीले ४२ रन जोडिन् ।

नेपालले सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । 

women-national-blind-criekt-nepal-wc-runnerup (16).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (17).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (18).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (1).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (2).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (3).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (4).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (5).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (6).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (7).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (8).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (9).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (10).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (11).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (12).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (13).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (14).jpg
women-national-blind-criekt-nepal-wc-runnerup (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ