महिला हिंसा अन्त्य गर्न गरिबी निवारण र समाजलाई जगाउन आवश्यकः प्रधानमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
789
Shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताएकी छन् ।
काठमाडौँमा मंगलबार आयोजित लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्रीले महिलालाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिन्ह खडा हुने समेत बताइन् ।
उनले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरू कहाँ छन् भनेर खोज्ने गरेको जिकिरसमेत गरिन् ।
प्रधानमन्त्रीले आफूले सकेसम्म महिलाहरूलाई सरकारी नियुक्ति र बढुवामा जोड दिने समेत स्पष्ट पारिन् ।
आफू सरकारमा आएको करिब दुई महिना बढी भएको र यस बीचमा पनि आफूले महिलाहरूलाई अघि बढाउने कुरालाई प्रश्रय दिएको उनको दाबी थियो ।
प्रधानमन्त्री कार्कीले महिलाहरूको उपदेयता हुने ठाउँमा उनीहरूलाई नियुक्त गरेर अघि बढने बताइन् । उनले महिलालाई प्रोत्साहन गरेर अघि नबढ्ने हो भने महिला हिंसाले झनै जरा गाड्ने समेत बताइन् ।
प्रधानमन्त्रीले भनिन्, ‘हिंसालाई अन्त्य गर्ने हो भने समाजलाई जगाउनुपर्दछ । हर मुलुकको आफ्नै परम्परा हुन्छ । मुख्य कुरा महिलामाथि हुने हिंसाको अन्त्य हुुन्छ । हिंसाले मानसिक चोट ल्याउँछ । मानसिक चोट भएपछि मान्छेलाई डिप्रेशन हुन्छ । महिलामाथि प्रताडन गर्दागर्दा उसको डिप्रेशन जस्तो नै आएको हुन्छ । एक दिन उसले लोग्नेलाई नै सिध्याइदिन्छ । जसले डिप्रेशन गरेको थियो । चाहे प्रेमी होस्, चाहे श्र् होस् । उसैलाई सिध्याउँछ । त्यसको कारक तत्व मर्ने मान्छे आफैँ हुन्छ । जसले त्यो महिलालाई सताइराखेको हुन्छ । त्यस्ता व्यवहारहरू हुन्छ हाम्रो समाजमा । यसको अन्त्य गर्नुपर्छ । मुख्यकुरा छोराछोरीबीच भेदभाव गर्नु भएन । अहिले मानिसहरूको दुई वटा छोराछोरी हुन्छन् वा एउटा । भेद्भाव गर्नु भएन । गरिबी छ के को भेदभाव । त्यसैले पहिले गरिवी निवारण गर्नुपर्यो नि त । शिक्षा पनि दिनुपर्याे । समाजमा चेतना पनि ल्याइदिनुप¥यो । रोजगारी सृष्टि गर्नुपर्याे । हाम्रो अहिलेको सबैभन्दा ठूलो समस्या भनेको रोजगारी नपाएर विदेश जानु र सबैभन्दा ठूलो ट्रबल भनेको विदेशमा गएर महिलाहरू प्रताडित हुनु । हिंसाको शिकार हुनु । अहिलेको जेन-जीको मोभमेन्टले त्यही त भनेको हो नि । सारा मानिसहरू रोजगारी नपाएर विदेशमा गएर बाध्य भएर बस्नुपरेको छ । हो त्यसको अन्त्य गर्नुप¥यो । मुलुकमा त्यसको लागि गर्ने उनीहरूको माग के हो भन्दा भ्रष्टाचारको अन्त्य र भ्रष्टाचारले पनि मानिस प्रताडित हुन्छ । सुशासन हुनुप¥यो । त्यसले महिलाहरूलाई राम्रो गर्छ । महिलाहरूले पनि रोजगारी पाउँछन् । म अहिले क्षणिक रुपमा एक, दुई महिना कति भएको छ । नियुक्ति गर्दा महिला कहाँ छन् भनेर मैले खोज्ने गरेको छु । तर क्रमिक रुपमा पुरुष फस्र्ट रोमा छ र उसले जिन्दगीभर मेहनत गरेर त्यो ठाउँमा पुगेको छ भने उसलाई पनि चित्त दुखाउने त होइन । जो पहिलो नम्बरमा आउँछ, उसैलाई प्रमोशनमा पहिलो प्राथमिकता दिने गरेका छौँ । तर जहाँनिर महिलाको ठाउँ छ, स्थान छ । नियुिक्त हुनेकुरा छ भने त्यहाँ पनि हामीले प्रश्रय दिएका छौँ । अबका दिनमा पनि हामी भेटेसम्म प्रयास गर्छौं । यतिखेर हामीले नै बसेर महिलालाई प्रोत्साहन गरेनौँ भने त गाह्रो पर्छ, कठिन हुन्छ । एउटा भन्नेकुरा पनि आउँछ । किन गरेन भन्ने आउँछ । तर जहाँ नी महिलाको उपदेयता छ । जहाँनिर महिलालाई अग्रणी खण्डमा ल्याउन सकिन्छ । त्यहाँ हामी महिलालाई प्रश्रय दिन्छौँ ।’
प्रधानमन्त्रीले महिला हिंसा अन्त्यका लागि गरिबी निवारण र समाजलाई जगाउने कुरालाई निरन्तर अघि बढाउन आवश्यक रहेको बताइन् ।