arrow

मुख्यसचिव अर्यालको योगदान अनुकरणीयः प्रधानमन्त्री कार्की 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
sushila-karki-gov-new.jpg

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले निजामती क्षेत्रमा मुख्यसचिव एकनारायण अर्यालले दिएको योगदान अनुकरणीय रहेको बताएकी छिन्।

बुधबारदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्यसचिव अर्यालको विदाइका लागि मङ्गलबार सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। प्रधानमन्त्री कार्कीले अर्यालको मेहनत, समर्पण र प्रशासनिक नेतृत्व उच्च उदाहरणका रूपमा स्थापित भएको बताइन्। उनले अर्यालले आफ्नो लक्ष्यप्रति देखाएको प्रतिवद्धता, कार्यशैलीमा देखिएको अनुशासन र दीर्घ अनुभवले निजामती सेवामा महत्वपूर्ण छाप छोडेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, "उहाँ अत्यन्त मेहेनती र परिश्रमी हुनुहुन्छ। लक्ष्य प्राप्तिका लागि उहाँले गरेको प्रयास अनुकरणीय छ। निजामती सेवाको असल अनि कुशल प्रशासकको रूपमा आफ्नो छाप छोड्नुभएको छ।" उनले मुख्यसचिव अर्यालसँग अझै २० वर्ष काम गर्नसक्ने क्षमता रहेको समेत उल्लेख गरिन्। प्रधानमन्त्री कार्कीले अर्यालसँग काम गर्दा आफ्नै भाईजस्तो महशुस गरेको कारण कार्यसम्पादनमा सहजता भएको पनि उल्लेख गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ