arrow

दृष्टिविहीन महिला टी–२० विश्वकपको नेपाली टोलीलाई दश लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
women-blind-cricket-runnerup-nepal-can.jpg

काठमाडौँ । दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले नगदसहित सम्मान गरेको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा एक कार्यक्रमका बीच आज क्यानले उक्त टोलीलाई रु १० लाख नगदसहित सम्मान गरेको हो । दृष्टिविहीन महिला  टोलीले ऐतिहासिक उपलब्धि र नेपाली क्रिकेटको गौरव बढाएको भन्दै क्यानले सम्मान गरेको जनाएको छ ।

सम्मान कार्यक्रममा क्यानका सचिव पारस खड्कालगायतको उपस्थिति रहेको थियो । श्रीलङ्कामा हालै सम्पन्न दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ