एनपीएलमा जनकपुरका खेलाडीले आमाको नामको जर्सी लगाएर खेल्ने [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
632
Shares
काठमाडौँ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल टी–२० फ्रेन्चाइज क्रिकेटको बिहीबारको खेलमा जनकपुर बोल्ट्सले आमा स्पेसल जर्सी लगाउने भएको छ । आमाहरुप्रति सम्मान व्यक्त गर्दै आफ्नो नामको सट्टा आमाको नाम भएको जर्सी लगाउने भएको हो ।
खेलपछि त्यो जर्सी अक्सन गरेर उठेको पैसा आमा समूहलाई सहयोग गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जनकपुर बोल्ट्सले हरेक वर्ष यस प्रकारको काम गर्ने बताएको छ। जनकपुर बोल्ट्सका खेलाडीहरुले बिहीबार लगाएर खेल्ने जर्सी सार्वजनिक गरेका छन् ।