एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
744
Shares
काठमाडौँ। एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक सञ्चालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकहरूले डिशहोम गो एपमार्फत हाल भई रहेका खेलहरूको मजा आफ्नै मोबाइलमा लिन सक्छन् ।
ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरू सहज रूपमा हेर्न सकुन् भन्ने उद्देश्यले एनपीएल प्ले प्याक सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा कर सहित रु २९९ पर्ने यो एपीएल प्ले प्याक लिन सक्छन् । प्याकमा खेलको लाइभ मजा लिन डिशहोम गो एपमा सहज पहुँच सुनिश्चित गरिएको छ ।
एनपीएल प्ले प्याकमा ग्राहकले २८ दिनका लागि मान्य रहने १ जीवी डेटा बन्डल सेवाका रूपमा पाउँछन् । ग्राहकले एनसेल एप वा *१२३# डायल गरी सहजै यी प्याक खरिद गर्न सक्छन् भने मुलुकभर रहेका एनसेलका खुद्रा विक्रेताहरू मार्फत पनि प्याक खरिद गर्न सकिन्छ । प्याक लिएपछि ग्राहकले आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएफमार्फत डिशहोम गो एप लगइन गरी एनपीएलका खेलहरू लाइभ हेर्न पाउँछन्।
“बन्डल डेटाका साथ एनपीएल दोस्रो संस्करणका खेलहरू हाम्रा ग्राहकहरूले प्याकमार्फत मोबाइलमा प्रत्यक्ष रूपमा हेर्न पाउने व्यवस्था गर्न पाएकोमा हामी निकै खुसी छौ,” एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “डिशहोमसँगको हाम्रो यो साझेदारीले ग्राहकहरूलाई निर्बाध रूपमा एनपीएलका खेलहरू लाइभ खेल हेर्ने सुविधा प्रदान गरेको छ। यसले सबैलाई जोड्ने क्रिकेट खेलको रोमाञ्चकतालाई झन् बढाउने छ।”
एनसेलले एनपीएलसँग पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणमा पनि ‘पावर्ड वाइ’का रूपमा सहकार्य जारी राखेको छ। यस पटक ‘युनाइटेड वाइ क्रिकेट, कनेक्टेड वाइ एनसेल’ भन्ने नाराका साथ एनसेल एनपीएलमा आबद्ध रहेको छ। एनपीएलका खेलहरूलाई थप रोमाञ्चक बनाउनका लागि एनसेलले एनपीएल फ्यान प्याकहरू पनि सार्वजनिक गरिसकेको छ। यसै गरी एनसेल फाउन्डेसनले पनि गत वर्ष जस्तै यस वर्ष पनि व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गतको कामलाई जारी राखेको छ। जसमा एनपीएलका खेलमा प्रहार हुने प्रत्येक चौका बापत एनसेलले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ।