arrow

एनपीएलः काठमाडौँसँग चितवन ५३ रनले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
kathmandu-npl.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले चितवनलाई ५३ रनले पराजित गरेको हो । 

काठमाडौँले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ८९ रन जोडेर अलआउट भयो ।

चितवनका लागि देव खनाले २१ रन, रवि बोपाराले २१ रन र सोहेल तनवीरले १८ रन जोडे । 

यस्तैगरी काठमाडौँका लागि रसिद खानले ३ तथा कप्तान करण केसी, मिलिन्द कुमार र दीपेश कँडेलले दुई-दुई तथा सन्तोष यादवले १ विकेट लिएका थिए ।  

चार ओटा खेल खेलेको चितवनले हालसम्म २ वटा खेल जितेर २ खेर हारेको छ । 

काठमाडौँले भने ३ खेल जितेको छ र २ खेल हारको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ