arrow

नेपाल प्रिमियर लिग

कर्णालीका प्रियान्क पञ्चालले बनाए दोस्रो अर्धशतक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
panchal.jpg

काठमाडौँ। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सका प्रियान्क पञ्चालले विराटनगर किङ्ससँगको खेलमा आफ्नो दोस्रो अर्धशतक हिर्काएका छन्।

उनले कीर्तिपुरमा जारी खेलमा ४२ बलमा चार चौका र दुई छक्काको मद्दतले ५० रन पूरा गरे। यसअघि उनले चितवन राइनोजका विरूद्ध ९० रनमा आउट हुँदै शतक बनाउनबाट चुकेका थिए।

जारी प्रतियोगितामा यो १६औँ अर्धशतक हो। खेलाडीको हिसाबले १२ जनाले अर्धशतक र कर्णालीका मार्क मात्रै शतक जोड्न सफल भएका छन्। यसअघि चितवन राइनोजका रवी बोपराले सर्वाधिक तीन र पोखरा एभेन्जर्सका कुशल भुर्तेलले दुई अर्धशतक हिर्काएका छन्।

सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, पोखराका सुमित बर्माले, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक-एक अर्धशतक हिर्काएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ