arrow

नेपाल प्रिमियर लिग

आज कर्णाली र काठमाडौँ भिड्दै, दुवैलाई जित्नैपर्ने दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
kathmandu-npl.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज बीच खेल हुँदैछ। खेल अपराह्न ३ः३० बजे सुरु हुनेछ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले चार प्रतियोगितामा सहभागी भई एउटामात्र जितेको छ। दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ। प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौँ गोर्खाज पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ। प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ