arrow

नेपाल प्रिमियर लिग

विराटनगर र लुम्बिनी भिड्दै, लायन्सलाई जित्नैपर्ने दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
npl-lumbini-82-8-4.jpg

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २२औँ खेलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज अपरान्ह ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुनेछ। दुवै टोलीले लिगमा आफ्नो छैटौँ खेल खेल्दैछन्।

विराटनगर किंग्सले यसअघिका पाँच खेलमध्ये चारमा जित र एउटामा हार बेहोरेको छ। ८ अंकसहित यो टोली अंक तालिकाको तेस्रो स्थानमा छ। 

अर्कोतर्फ लुम्बिनी लायन्सले पाँच खेलमध्ये जम्मा २ खेलमा मात्रै जित निकालेको छ। ४ अंकका साथ लुम्बिनी लायन्स छैटौँ स्थानमा छ, जसले गर्दा प्लेअफको सम्भावना कायम राख्नका लागि लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाब छ।

अंक तालिका
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिममात्र अपराजित रहेको छ । सुदूरले खेलेका पाँच ओटै खेल जितेको छ । सुदूर प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । 

काठमाडौँ गोर्खाज ६ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । विराटनगर पाँच खेलमा चार खेल जितेर ८ अंकसहित तेस्रो स्थानमा छ । पोखरा एभेन्जर्स ५ खेलमा ४ अंकसहित चौथो स्थानमा छ । चितवन राइनोज ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ । 

लुम्बिनी लायन्स ५ खेलमा ४ अंकसहित छैटौँ स्थानमा छ । कर्णाली याक्स ६ खेलमा २ अंकसहित सातौँ स्थानमा छ । साविक विजेता जनकपुरमात्र ५ खेलबाट २ अंकसहित पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ