arrow

बूढीगण्डकी जलविद्युत परियोजना छिटो शुरू गर्न माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
baburam-bhattrai-17-08.jpg

काठमाडौँ । बूढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्र गोर्खा र धादिङका जनप्रतिनिधि तथा पूर्व प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।

बुधबार प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आफूहरूले परियोजना छिटो भन्दा छिटो शुरू गर्न माग राखेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए ।

उनले अर्थमन्त्री रामेश्वर खनालसँग पनि आफूहरूले भेट गरेको जानकारी दिए ।

उनले भने, ‘बूढीगण्डकी जलविद्युत परियोजना अलपत्र परेको छ जसले गर्दा गोर्खा र धादिङका प्रभावित क्षेत्रका जनता असाध्यै उद्देलित भएका छन् । त्यसैले त्यही क्षेत्रका पूर्व जनप्रतिनिधिहरू भएको नाताले दुईटा क्षेत्रकै जनप्रतिनिधिहरू र सरोकार समाजका प्रतिनिधिहरू सहित आज हामीले प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गरेका छौँ । हामीले हाम्रो सुझाव र मागहरू प्रस्तुत गरेका छौँ। बूढीगण्डकी जलविद्युत परियोजना छिटो भन्दा छिटो शुरू गर्नुपर्यो भनेर कुरा राखेका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ