arrow

ललितपुर सबैभन्दा उत्कृष्ट काम गर्ने पालिका - चिरिबाबु महर्जन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
chiribabu-09-13.jpg

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरपालिकाले अन्य सबै नगरपालिकाहरू भन्दा राम्रो काम गरेको दावी गरेका छन्।

२२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले चुनावमा बोलेका सबै कुराहरू पूरा हुने गरी काम गरेको जिकिर गरे। मेयर महर्जनले आफूहरूले राम्रो काम गरेका कारण नै आफ्नो महानगरपालिकाले प्रत्येक वर्ष २/३ वटाभन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार पाउने गरेको उल्लेख गरे। हालै मात्र संघीय सरकारले अपाङ्गताको क्षेत्रमा सबै नगरपालिका भन्दा राम्रो काम गरेको भन्दै पुरस्कृत गरेको जानकारी उनले दिए।

मेयर महर्जनले यी सफलताहरू टिम वर्कको परिणाम भएको बताएका छन् र राम्रो काम गरेको भनेर महानगरपालिकालाई पहिचान दिलाउने काममा मातहतका निकायको महत्वपूर्ण भूमिका रहेको भन्दै आभार व्यक्त गरे। उनले भने, "हामीले गरेका कामको स्तरको निर्धारण हामी आफैँले गरेको होइन। तर आम नेपाली दाजुभाई दिदीबहिनीहरु चाहे त्यो पूर्वमेचीको किन नहोस्, चाहे त्यो पश्चिम महाकाली किन नहोस् । ललितपुर महानगरपालिका भन्नसाथ साह्रै राम्रो काम गर्ने पालिका हो भनेर सबका सब चिनिन्छ।" उनले टिम वर्कमा काम गरेको हुनाले ललितपुर महानगरपालिकाले एकपछि अर्को सफलता हासिल गर्दै गएको पनि बताए। मेयर महर्जनको भनाइको सार 'हामी जे बोल्छौँ, त्यो पूरा गर्छौं' भन्ने रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ