arrow

खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशियाको अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
nic-asia-bank-red-always.jpg
तस्बिर : फाइल

काठमाडौँ। लाखौँ ग्राहकहरूमाझ गतिशील बैङ्किङको अभ्यास गरिरहेको एनआईसी एशिया बैङ्क ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैङ्कका ग्राहकहरूको खाताबाट गरिएको कर कट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैङ्कको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैङ्किङ एपमा रहेको "प्यान अद्यावधिक" विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिने बैङ्कले जनाएको छ।

साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैङ्कको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ।

यस बैङ्कबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ।

उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको कर कट्टीको विवरण (ई-टीडीएस) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा कर कट्टीको विवरण मिलान गर्ने गर्दछ। जसले गर्दा ग्राहकहरूलाई कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैङ्कसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैङ्कले विश्वास लिएको छ।

ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई-टीडीएसमा ब्याजदर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैङ्क जिम्मेवार नहुने ब्यहोरा समेत बैङ्क सम्पूर्ण ग्राहकहरूमा जानकारी गराएको छ।

साथै, यस बैङ्क ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध छ। बैङ्कका ग्राहक महानुभावहरूको आफ्नो खातामा बैङ्कको भिडियो केवाईसी वा मोबाइल बैङ्किङ एपमा रहेको माई प्रोफाइलमा ट्याप गरी चेन्ज इमेल छनौट गरी आफ्नो इमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न गर्न सकिन्छ।

ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैङ्कको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ।

साथै, यसअघि बैङ्कलाई प्यान उपलब्ध गराएर पनि कर कट्टीको विवरण समावेश नभएको वा इमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैङ्कको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन हुन बैङ्कले अनुरोध समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ