arrow

शक्तिशाली छालले चार जनाको मृत्यु, एक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
spain-samundri-chhal.jpg

काठमाडौँ। स्पेनी टापु टेनेरिफको दक्षिणी तटमा आएको शक्तिशाली छालले समुन्द्रमा बगाउँदा चार जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन्।

यो दुःखद घटना टापुको दक्षिणी तटमा रहेको लस गिगान्टेस भनेर चिनिने क्षेत्रमा रहेको प्राकृतिक चट्टानी स्विमिङ पुलमा भएको हो। उक्त क्षेत्रमा ठूलो छालले धेरै मानिसहरूलाई समुन्द्रमा बगाएको थियो। 

आपतकालीन सेवाहरूले तीन जनाको मृत्यु भएको पुष्टि भएको बताएका थिए, जसमध्ये ३५ वर्षीय पुरुष, ५५ वर्षीया महिला र अर्का एक जना अपुष्ट उमेरका पुरुष रहेका छन्। पाँचौं व्यक्ति अझै पनि खोजी कार्य जारी रहेको अवस्थामा बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ