arrow

सन्दिग्ध आतङ्ककारीबाट एक सय विद्यार्थीको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
nigeria_violence.png

काठमाडौँ। नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले गत महिना नाइजरियाको एक विद्यालयमा आक्रमण गरी सयौँ विद्यार्थी र शिक्षकलाई अपहरण गर्ने सन्दिग्ध आतङ्ककारीबाट कम्तीमा एक सय जना विद्यार्थीहरू उद्धार गरिएको पुष्टि गरेका छन्।

विज्ञप्ति जारी गर्दै राष्ट्रपति टिनुबुले स्थानीय सुरक्षा एजेन्सीहरूलाई राज्यको पापिरी क्षेत्रमा नोभेम्बर २१ मा भएको आक्रमणपछि अझै पनि बन्दी बनाइएका अन्य पीडितहरूलाई उद्धार गर्ने प्रयास जारी राख्न निर्देशन दिएका छन् ।

यसअघि सुरक्षा बलले घटनाको केही दिनपछि आक्रमणमा अपहरण गरिएका ३१५ विद्यार्थी र शिक्षकमध्ये कम्तीमा ५१ जनालाई उद्धार गरेको थियो ।

“नाइजर राज्यको क्याथोलिक स्कूलबाट एक सय जना विद्यार्थी सुरक्षित फर्केको बारेमा मलाई जानकारी दिइएको छ, म गभर्नर उमर बागोसँग खुसी छु र दुर्भाग्यपूर्ण घटनापछि विद्यार्थीलाई उनीहरूको परिवारमा सुरक्षित फिर्ता सुरक्षा एजेन्सीले गरेको दृढ कार्यको प्रशंसा गर्दछु” टिनुबुले भने ।

यसैबीच अपहरण गरिएका सबै विद्यार्थीलाई उनीहरूका परिवारसँग पुनर्मिलन गर्ने प्रयास सरकारले जारी राख्ने राष्ट्रपतिले अभिभावकलाई आश्वासन दिएका छन् ।

उनले सुरक्षा फौजलाई देशभरबाट अपहरण गरिएका सबै विद्यार्थी र अन्य नाइजेरियालीलाई उद्धार गरी सुरक्षित घर ल्याउन निर्देशन दिएकोसमेत उल्लेख गरेका छन् ।

उनले सबै पीडितको एकीन गरी नाइजेरियाली सरकारले विद्यालय सुरक्षित गर्न र युवाका लागि सुरक्षित र अनुकूल सिक्ने वातावरण सिर्जना गर्न काम जारी राख्ने विश्वास पनि दिलाएका छन् ।

टिनुबुले अबदेखि सुरक्षा एजेन्सीहरूलाई ३६ ओटै राज्यका गभर्नरसँग मिलेर भविष्यमा हुने अपहरण रोक्नका लागि रोकथामका उपाय अपनाउन निर्देशन दिएका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ