arrow

सन् २०२५ दोस्रो तातो वर्ष बन्ने निश्चित, विश्व तापमान १.५ डिग्री सेल्सियस नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
hot-day-children-2024.jpg

काठमाडौँ । युरोपको वैश्विक तापमान अनुगमन निकाय 'कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस' ले मङ्गलबार सन् २०२५ पृथ्वीको दोस्रो सबैभन्दा तातो वर्ष को रूपमा रेकर्ड हुने देखिएको जनाएको छ। यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले उल्लेख गरेको छ। सन् २०२४ मा विश्वको तापक्रम पृथ्वीको तापक्रम रेकर्ड गर्न थालिएपछि पहिलो पटक उच्च विन्दुमा पुगेको थियो।

कोपर्निकसको तथ्याङ्कले विश्वव्यापी तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसले बढ्ने बाटोमा रहेको कुरा पुनः पुष्टि गर्दछ। यो सीमा सन् २०१५ को पेरिस सम्झौतामा सुरक्षित मानिएको थियो। सेवाको मासिक अपडेटअनुसार, जनवरी र नोभेम्बरको बीचमा औसत तापक्रम १.४८ डिग्री सेल्सियसले बढेर सन् २०२५ रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बनेको छ।

कोपर्निकसकी जलवायु रणनीतिक प्रमुख सामन्था बर्गसले सन् २०२३/२५ को तीन–वर्षे औसत तापक्रम पहिलो पटक १.५ डिग्री सेल्सियसभन्दा बढी हुने बाटोमा रहेको जानकारी दिएकी छिन्। उनले भविष्यमा बढ्दो तापक्रमलाई कम गर्ने एकमात्र तरिका हरितगृह ग्यास उत्सर्जनलाई द्रुत रूपमा घटाउनु हो भनेकी छिन्।

कोपर्निकसका अनुसार, गत महिना औद्योगिक पूर्वको स्तरभन्दा १.५४ डिग्री सेल्सियसले बढी रहेर रेकर्डमा तेस्रो सबैभन्दा तातो नोभेम्बर बनेको थियो। वैज्ञानिकहरूले यस्तो क्रमिक वृद्धिले पहिले नै जलवायुलाई अस्थिर बनाइरहेको र आँधी, बाढी तथा अन्य विपद्हरूलाई अझ तीव्र र बारम्बार बनाइरहेको चेतावनी दिएका छन्। 

गत नोभेम्बरमा फिलिपिन्स लगातार आँधीबेहरीको चपेटामा पऱ्यो जसमा करिब २६० जनाको मृत्यु भयो भने इन्डोनेसिया, मलेसिया र थाइल्याण्डमा पनि ठूलो बाढी आएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ