arrow

फोहरकै नाममा अर्बौँ स्वाहाः उपत्यकाका खोलानाला कहिल्यै सफा नगरेजस्ता [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
dirty-kathmandu-streams-82-8-26 (1).jpg
तस्बिर –सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । काठमाडौँ उपत्यकाका खोलानालाहरूमा वर्षौंदेखि जमेको फोहरको थुप्रो हटाउन अझै कठिनाइ भइरहेको छ। यति धेरै सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहल भइरहेकोमात्र छैन यही सफाइका नाममा अर्बौं रुपैयाँ स्वाहा भइरहेको छ । 

यति हुँदा पनि न त खोलानाला कहिल्यै सफा गरेजस्ता छन् न त आजका दिनसम्म पनि मानिसहरूले फोहर फाल्न छाडेका छन् । प्लास्टिक, घरेलु फोहर, निर्माण सामग्री लगायतका थुप्राले नदीका सतह र किनार दुवै छोपिएका छन् ।

कहिलेकहीँ नदीको किनार वा फोहरबीच कुकुर, चराहरू, गाईभैँसीजस्ता जनावरहरू पनि देखिन्छन्, जसले समस्या कति जटिल बन्दै गएको छ भन्ने संकेत दिन्छ। 

प्रदूषण बढ्दै जाँदा उपत्यकाका नदीहरूको पानीको गुणस्तर झनै कमजोर बन्दै गएको छ । जसले वातावरणीय सन्तुलन र जनस्वास्थ्य दुवैलाई दीर्घकालीन जोखिममा पुर्‍याइरहेको छ। 

संघीय राजधानी यहीँ छ । स्थानीय सरकार तँछाड र मछाड गरिरहेका छन् । व्यवहारिक रूपमा भने काठमाडौँ अझै कुरूप छ । 

पर्यटकीय सहर भनेर चिनिन्छ । यिनै खोलानाला भएर एक मिनेट पनि कोही हिँड्न सक्ने अवस्था छैन । नेपालीलाई त यो सकस छ अनि विदेशीले पक्कै पनि नेपालको सुगन्ध भनेर ग्रहण गर्ने छैनन् । 

 

dirty-kathmandu-streams-82-8-26 (15).jpg
dirty-kathmandu-streams-82-8-26 (1).jpg
dirty-kathmandu-streams-82-8-26 (2).jpg
dirty-kathmandu-streams-82-8-26 (3).jpg
dirty-kathmandu-streams-82-8-26 (4).jpg
dirty-kathmandu-streams-82-8-26 (5).jpg
dirty-kathmandu-streams-82-8-26 (6).jpg
dirty-kathmandu-streams-82-8-26 (7).jpg
dirty-kathmandu-streams-82-8-26 (8).jpg
dirty-kathmandu-streams-82-8-26 (9).jpg
dirty-kathmandu-streams-82-8-26 (10).jpg
dirty-kathmandu-streams-82-8-26 (11).jpg
dirty-kathmandu-streams-82-8-26 (12).jpg
dirty-kathmandu-streams-82-8-26 (13).jpg
dirty-kathmandu-streams-82-8-26 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ