arrow

चुनावी सरकारले चौथो पटक गर्‍यो मन्त्रिपरिषद् विस्तार, पुगे १४ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
new-minister-sushilla-karki.jpg

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारले चार जना मन्त्री थपेको छ । थपिएका चार जनाको आज शपथ ग्रहण भएको छ । 

थपिएका मन्त्रीहरुमा श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यो विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय पुगेको छ । उद्योग र कानून मन्त्रीको जिम्मा पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । अन्य मन्त्रीहरुको जिम्मेवारी भने यथावत् रहेको छ । 

प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय आफूसँगै राखेकी छिन् ।

जेन–जी आन्दोलनको परिणाम स्वरूप गत भदौ २७ गते गठित अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिभि सभाको निर्वाचन गर्ने म्यान्डेट रहेको छ । 

मन्त्रिपरिषद्समेत पूर्ण नहुँदा नै चुनावको शंका बढेको छ । फागुन २१ गतेको चुनाव आउन अब जम्मा ८३ दिन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ