arrow

मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
sushilas.jpg

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा राजनीतिक तथा आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन्।

आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आज (आइतबार) काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको स्मरण गराउँदै युवाहरूले उठाएको सुशासन र समृद्धिको प्रमुख मुद्दा सम्बोधन गर्न यो आवश्यक रहेको बताइन् । 

प्रधानमन्त्री कार्कीले राजनीतिक र आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने जेन–जीको माग समावेशी विकास र समन्यायको आकाङ्क्षा को अभिव्यक्ति भएको उल्लेख गरेकी छन्। उनले सबै वर्ग र समुदायको समान पहुँच र सहभागितामा भएको विकास नै दिगो हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने समेत बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ