arrow

सरकारले बनायो उच्च स्तरीय राजनीतिक संवाद समिति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
sushila-karki-82-8-23y.jpg

काठमाडौँ । सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्च स्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ ।

साेमबार बसेको मन्त्रिपरिषद् बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा समिति गठन गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

समितिको सदस्यमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ