arrow

डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
taranath-dahal-01-09-082.jpg

काठमाडौँ । फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले नेपालमा डिजिटल अधिकारका समस्या समाधान हुन नसक्नुको मुख्य कारण मल्टिस्टेकहोल्डर एप्रोच आत्मसात् गर्न नसक्नु रहेको बताएका छन् ।

मंगलबार आयोजित डिजिटल राइट्स कन्फ्रेन्स २०२५ कार्यक्रममा दाहालले डिजिटल अधिकारसँग सम्बन्धित विकास, पुनर्निर्माण, निजी क्षेत्रको प्रोत्साहन, अधिकारको छिनोफानो तथा कानुन निर्माणका विषयमा पटक-पटक आवाज उठाइए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए ।

उनले भने,‘डिजिटल राइट्स, डिजिटल कन्फ्रेन्समा नेपालको कोर मुद्धा नै के हो भने नेपालमा जतिपनि डिजिटल राइट्सको समस्याहरु छन्, त्यो चाहे विकासको होस्, चाहे पुनर्निर्माण गर्ने कुरा होस्, चाहे निजी कम्पनीलाई इन्करेज गर्ने कुरा होस, चाहे अधिकारको छिनोफानोको कुरा होस् यी सबै विषयमा अथवा कानून बनाउने शिलशिलामा हामीले सधैँभरी उठाउँदै आएको, भन्दै आएको तर हुन नसकेको विषय नै के को भने नेपालले रियल्ली मल्टिस्टेक होल्डर अप्रोजलाई आत्मसाथ नै गर्न सकेन । यो नै दुर्भाग्य हो ।’

उनले नेपालमा डिजिटल अधिकारसम्बन्धी नीति तथा निर्णय प्रायः एकपक्षीय दृष्टिकोणका आधारमा हुने गरेको बताए । जसले बुझाइमा समस्या सिर्जना गर्दै आएको पनि उनको भनाई छ ।

‘हाम्रा थुप्रै चुनौतीहरू बुझाईका समस्या एक पक्षको दृश्टिकोणको आधारमा निर्णय हुने कुराहरू, एक पक्षको बुझाइमा नीति बन्ने कुराहरू दोहोरिरहेको छ । त्यसले समस्या माथि समस्या थपेको छ । जसले गर्दा हामीले एउटा डिजिटाइजेशनको सपना हासिल गर्न सकिरहेका छैनौँ,’ उनले भने ।

दाहालले यस्ता अभ्यासका कारण नेपालले अपेक्षित डिजिटाइजेशनको सपना हासिल गर्न नसकेको भन्दै सबै सरोकारवालाको समान सहभागितामा आधारित नीति निर्माण आवश्यक रहेको जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ