मुस्ताङ। हिमाली जिल्ला मुस्ताङको लोमानथाङ गाउँपालिका र लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा २८ कृषकका जम्मा एक सय पाँच ओटा पशुधन क्षति भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय लोमानथाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार क्षति भएका पशुधनमध्ये १६ ओटा घोडा, २१ ओटा भेडा र पाँच ओटा याक रहेका छन् ।
यी पशुधनमा हिउँ चितुवा र ब्वाँसोको आक्रमणबाट क्षति पुगेको हो ।
पौडेलका अनुसार प्रभावित २८ घरधुरी कृषकलाई पशुधन क्षति बापत जम्मा १५ लाख रुपैयाँ राहत रकम सम्बन्धित व्यक्तिको खातामा दाखिला गरिएको छ ।