arrow

लोमानथाङमा २८ कृषकलाई राहत वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
kishan-mustang.jpg

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङको लोमानथाङ गाउँपालिका र लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा २८ कृषकका जम्मा एक सय पाँच ओटा पशुधन क्षति भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय लोमानथाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार क्षति भएका पशुधनमध्ये १६ ओटा घोडा, २१ ओटा भेडा र पाँच ओटा याक रहेका छन् ।

यी पशुधनमा हिउँ चितुवा र ब्वाँसोको आक्रमणबाट क्षति पुगेको हो ।

पौडेलका अनुसार प्रभावित २८ घरधुरी कृषकलाई पशुधन क्षति बापत जम्मा १५ लाख रुपैयाँ राहत रकम सम्बन्धित व्यक्तिको खातामा दाखिला गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ