राष्ट्रपति पौडेलले गरे १३औँ किन्डर ओलम्पिक मस्कर्टको टर्च हस्तान्तरण
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
13k
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण गर्नुका साथै ओलम्पिक टर्च हस्तान्तरण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका हुन् ।
१३औँ किन्डर ओलम्पिक यही पुस १२ देखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदैछ ।
सो ओलम्पिकमा विभिन्न १२ खेलका खेलाडीबीच प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासङ्घले जनाएको छ ।