arrow

टी–२० विश्वकपमा खेलाडी छनोटका लागि २४ खेलाडी तयारी क्याम्पमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
nep-t20-wc-2025.JPG
तस्बिर : फाइल

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकप क्रिकेट टिमको छनोट गर्न २४ खेलाडीलाई तयारी क्याम्पमा राख्ने भएको छ । 

सोमबारदेखि बस्ने तयारी क्याम्पका लागि हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा शानदार प्रदर्शन गरेर चर्चा बटुलेका खेलाडीहरुसमेत समावेश रहेका छन् । 

छानिएका खेलाडीहरुमा कप्तान रोहित पौडेलसँगै कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने रहेका छन् । 

त्यस्तै ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, ईशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिस जीसी र रुपेशकुमार सिंह रहेका छन् । 

टी–२० विश्वकप आगामी ७ फेब्रुअरीदेखि ८ मार्चसम्म भारत र श्रीलंकाको आयोजनामा हुँदैछ । 

विश्वकपमा नेपाल समूह 'सी' मा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्ड, वेष्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ