arrow

कार्की सरकारले दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
cabinet-08-25.jpg
तस्बिर : फाइल

काठमाडौँ । सुशीला कार्की नेतृत्वको सरकारले जेन–जी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ ।

मंगलबार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र लगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, मन्त्री खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनाल सहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ । 

आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ