काठमाडौँ। नागरिक लगानी कोषको पुस ३० गते ३१ औँ वार्षिक साधारण सभा हुने भएको छ। उक्त सभा कोष भवन परिसरमा हुने भएको हो।
साधारण सभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्टाइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ।
त्यसै गरी सञ्चालक समितिमा सेयर धनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ।