arrow

दाउन्ने खण्डमा शितलहरको कहर: सडक सतह चिप्लो हुँदा यात्रा जोखिमपूर्ण

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
daunne-jam-82-9-15.jpg

काठमाडौँ । विगत केही दिनदेखि जारी अत्यधिक शितलहरका कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा यातायात आवागमन निकै कठिन भएको छ। 

शितलहरले सडकको सतह चिप्लो बनाएकाले दुर्घटनाको जोखिम बढेको भन्दै सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न विशेष आग्रह गरेको छ।

अहिले सो सडक खण्डका विभिन्न स्थानमा कल्भर्ट निर्माण र सडक ढलानको काम भइरहेकाले धेरै ठाउँमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेका छन्। 

प्रतिकूल मौसम र निर्माणाधीन सडकका कारण सवारी सञ्चालनमा थप जटिलता आउन सक्ने आयोजनाले जनाएको छ। मौसममा सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे अद्यावधिक जानकारी लिएर मात्रै घरबाट निस्कन अनुरोध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ