धनुषा । अंग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसरमा जनकपुरधाममा पर्यटकको भीड बढेको छ । अंग्रजी नयाँ वर्ष मनाउन जनकपुरधाममा आन्तरिक तथा भारतीय पर्यटकहरूको घुइँचो लागेको हो ।
जानकी मन्दिरमा दर्शन तथा पूजापाठ गरेर नयाँ वर्षको शुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरधाममा पर्यटकहरु आएका छन् ।
बिहानैदेखि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिरलगायतका मठ मन्दिरहरुमा पर्यटकको भीड छ ।
भारतीय गाडीहरूको चाप बढेको छ । महोत्तरीको जलेश्वर भिठामोड र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरू अत्यधिक रुपमा जनकपुरधाम आएका छन् ।
पछिल्लो वर्ष नेपालले राजनीतिक रुपमा ठूलै संकटको सामना गर्नुपरेको र आउने दिन नेपालका लागि सुखमय होस् भन्ने कामना दर्शनार्थीहरूले गरेका छन् ।
नयाँ वर्षमा अहिले अत्याधिक रुपमा पर्यटक आएका कारणले व्यापार र व्यवसायसमेत राम्रै चलेको छ ।