arrow

जनकपुरधाममा ओइरिए पर्यटक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
dhanusha-tourist.jpg

धनुषा । अंग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसरमा जनकपुरधाममा पर्यटकको भीड बढेको छ । अंग्रजी नयाँ वर्ष मनाउन जनकपुरधाममा आन्तरिक तथा भारतीय पर्यटकहरूको घुइँचो लागेको हो ।

जानकी मन्दिरमा दर्शन तथा पूजापाठ गरेर नयाँ वर्षको शुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरधाममा पर्यटकहरु आएका छन् ।

बिहानैदेखि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिरलगायतका मठ मन्दिरहरुमा पर्यटकको भीड छ ।

भारतीय गाडीहरूको चाप बढेको छ । महोत्तरीको जलेश्वर भिठामोड र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरू अत्यधिक रुपमा जनकपुरधाम आएका छन् ।

पछिल्लो वर्ष नेपालले राजनीतिक रुपमा ठूलै संकटको सामना गर्नुपरेको र आउने दिन नेपालका लागि सुखमय होस् भन्ने कामना दर्शनार्थीहरूले गरेका छन् । 

नयाँ वर्षमा अहिले अत्याधिक रुपमा पर्यटक आएका कारणले व्यापार र व्यवसायसमेत राम्रै चलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ