arrow

प्रधानमन्त्रीलाई माघी महोत्सवको निम्तो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
sushila-karki-maghi-nimto.jpg

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीलाई थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेटेर थारू राष्ट्रिय माघी महोत्सवको निम्तो दिएको छ ।

महोत्सवको मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्रीलाई आगामी माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गरे।

अध्यक्ष चौधरीले प्रधानमन्त्रीलाई थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गर्दै निजामती सेवामा आफूहरुको आरक्षणको विषय सुनिश्चित गर्न माग गरे ।

प्रधानमन्त्रीले संविधान र कानूनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राखे ।

उनले भने, “संविधानले दिएको अधिकार कसले र किन रोक्यो ? यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन । म यसप्रति चिन्तित छु । संविधान र कानूनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ